काठमाडौ । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको निर्वाचन यही आउदो जुलाइ २९ तारिख हुन गइरहको छ । निर्वाचन नजिकिदै गर्दा अस्ट्रेलियाको नेपाली समाज पनि जुरुक्कै उचालिएको अवस्था छ । त्यति मात्र होइन निर्वाचन उमेदबारलाई लाग्नु पर्ने हो तर निर्वाचन भने स्वंय निर्वाचन समितिलाई भने बढि लागेको देखिन्छ ।
कँही नभएको जात्रा भनेझै एनआरएनको निर्वाचन गराउँदा उम्मेदवारबाट उठेको करिब एक करोड पचास लाख रुपैया पनि निर्वाचन समितिले नयॉ खाता खोलेर एनआरएनको अध्यक्ष नन्दु गुरुङ र निर्वाचन संयोजक टानु गुरुङ मिलेर चलाइरहेका छन । जुन संगठनको विधि विधान विपरित मात्र होइन मनपरीतन्त्रका रुपमा हेरिएको छ ।
संस्थाको खातामा आम्दानी बॉधेर चलाउनुपर्ने र बोर्डवाट पारित गरेर मात्र गरिनुपर्ने तर प्रकृया मिचेर महासचिव राजु अधिकारी र अध्यक्ष नन्दु गुरुङले सिधै नया खाता खोलेर निर्वाचन समितिका संयोजक टोनु गुरुडसँग मिलेर खर्च गर्दै आएका छन । जुन एनआरएनको विधि विधान र प्रकृया बिपरित भएको बहुमत सदस्यहरुको भनाइ रहेको छ ।
त्यति मात्र होइन निर्वाचन समितिले विधि विधानलाई समेत धोती लगाएर सदस्यता प्राप्त गरिसकेका करिब ६ सय सदस्यको सदस्यता खारेजी गर्ने निर्णय सुनाएर संस्थाको धज्जीनै उडाएका छन । हाल निर्वाचनमा होमिएका एक अध्यक्षको भोट माग्दै हिँड्ने प्रमुख निर्वाचन आयुक्त टोनुले संस्थागत निर्णय र प्रकृया समेत नपुराइ आफ्नो उमेदबारको हितलाई सोचेर सो निर्णय गरेका हुन । निर्वाचन समितीका अन्य सदस्यहरु भने दुधको साछी बिरालाझै देखिएका छन ।
उमेदबारलाई सरगर्मी बढनुपर्ने बेलामा एनआरएन अस्ट्रेलियामा निर्वाचन समितिले भने नांगो नाच देखाएर दुइ हप्तापछि हुने चुनाब समेत भाड्न खोजेको कार्यसमितीकै एक पदाधिकारीले आरोप लगाए । एउटा कार्डवाट चार जना भन्दा बढि सदस्यता नपाउने भन्दै गोथानेले छ सय सदस्यता खारेजीको निर्णय सुनाउदै गर्दा मर्कामा परेका सदस्यहरु कानुनी उपचारको वाटोमा अगाडि बढने भएका छन ।
विधानमा स्पष्ट रुपमा कुनै पनि सदस्यको सदस्यता बल्क पेमेन्टकै आधारमा भएको कराण खोरेजी गर्न कार्य समितिको स्पष्ट बहुमतले मात्र सक्ने प्रावधानलाई धोती लगाउदै महासचिव राजु अधिकारी र अध्यक्ष नन्दु गुरुङ मिलेर निर्वाचन समितिलाई यस्तो निर्णय गर्न लगाएको स्पष्ट देखिन्छ । यसरी एउटै परिवारको सात सदस्यको शुल्क तिरेका एक ब्यक्तीले आफ्नो सदस्यता खारेजी गर्ने अधिकार एनआरएनलाई नभएको र यसको विरुद्ध अदालत जाने बताएका छन ।
हाल एनआरएन अस्ट्रेलियामा तीन जना उमेदबार अनिल पोखरेल , डिला खरेल र देब गुरुङ अध्यक्षको प्रत्यासी भएका छन । हालको कार्यसमितिका अध्यक्ष र महासचिब तथा निर्वाचन समितिका संयोजक टोनु गुरुङ खरेल जिताउ अभियानमा लागेका कारण उनीहरु विधि विधान मिचेर विपक्षी समर्थकको सदस्यता खोरेज गर्दै बल प्रयोग गरिरहेको भुक्तभोगीहरु बताउछन । यसैबीच बोर्ड अफ डाईरेक्टरको बहुमतले निर्वाचन समितिलाई नै अयोग्य ठहराउदै सदस्यता हटाउनु नपर्ने निर्णय गरेको छ ।