तनहुँ भानुका थापा संयुक्त राष्ट्रसङ्घका लागि राजदूत नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तनहुँ भानुका थापा संयुक्त राष्ट्रसङ्घका लागि राजदूत नियुक्त

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८०, सोमबार

    काठमाडाै । राष्ट्रपति रामचन्द्र पौडेलले आज लोकबहादुर थापालाई संयुक्त राष्ट्रसङ्घ, नेपाली स्थायी नियोग न्यूयोर्कका लागि नेपाली राजदूत पदमा नियुक्त गरेका छन् । थापा तनहुँकाे भानु नगरपालिका निवासी हुन् ।

    राष्ट्रपति पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालको राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बियाका लागि तथा जनवादी गणतन्त्र चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठलाई प्रजातन्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका हुन् ।

    राष्ट्रपतिले सङ्घीय गणतन्त्र ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । –––