नाला भत्किएपछि दमौली बजार जलमग्न, नगरपालिकाकाे पहलमा पानी निकास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नाला भत्किएपछि दमौली बजार जलमग्न, नगरपालिकाकाे पहलमा पानी निकास

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०८०, मंगलवार

    दमाैली । पोखरा–मुग्लिङ सडकखण्ड चार लेनको निर्माण गर्ने क्रममा पृथ्वीराजमार्गको ढल निकासको नाला भत्किएपछि दमौली बजार जलमग्न भएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण दमौली बजार जलमग्न भएको हो ।

    मुख्य सडक र सहायक सडकमा पानी भरिएर सडक छेउका घर र पसलमा पानी पसेको छ । घर र पसलमा पानी पसेपछि व्यास नगरपालिकाको जेसिबी र ट्रयाक्टर प्रयोग गरेर ढल व्यवस्थापन गरि पानीको निकास गरिएको छ ।

    नगर उपप्रमुख इन्दिरा दरै र वन वातावरण तथा विपत् व्यवस्थापनका संयोजक रणसिं नेपालीको नेतृत्वमा मङ्गलबार जलमग्न बनेको तरकारीलाइनमा बिहानदेखिनै जेसिबी र ट्रयाक्टर प्रयोग गरेर ढल व्यवस्थापन गरि पानीको निकास गरिएको हो ।

    सडक विस्तारको क्रममा मुग्लिन पोखरा आयोजनाले राजमार्गको सडकको पानीको उचित निकास व्यवस्थापन हुन नसक्दा यस्तो समस्या भएको उपप्रमुख दरैले बताइन् । उनले भनिन् “राजमार्ग विस्तारको क्रममा छ, सम्बन्धित निकायले हेर्नुपर्ने हो, अहिले तत्कालका लागि अस्थायी रुपमा ढलको निकास गरिएको छ ।”

    नगरपालिकाका सहायक इन्जिनियर प्रदीप पौडेलले राजमार्ग विस्तारको क्रममा नालामा रहेको ह्युमपाइप बन्द भएपछि पानीको निकास बन्द भएको बताए। उनले भने, “राजमार्ग विस्तारको क्रममा नालीहरु भत्किएका छन्, जसले गर्दा पानीको उचित निकास हुन सकेको छैन ।”