व्यासकाे कार्यपालिका बैठक : नाै निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासकाे कार्यपालिका बैठक : नाै निर्णय

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०८०, मंगलवार

    दमाैली । व्यास नगरपालिकाकाे नियमित कार्यपालिका बैठक मङ्गलबार सम्पन्न भएकाे छ । नगरप्रमुख वैकुण्ठ न्याैपानेकाे अध्यक्षतामा बसेकाे बैठकले विविध नाै निर्णय गरेकाे छ ।

    बैठकले व्यास नगरपालिका लाेककल्याणकारी विज्ञापन वितरण सम्बन्धी कार्यविधि, २०८०, महिलासँग उपप्रमुख कार्यक्रम सहयाेग वितरण सम्बन्धी कार्यविधि, २०८०, करार कर्मचारीहरुकाे सेवा सुविधा सम्बन्धी कार्यविधि, २०७९, व्यास नगरपालिका अपाङ्गता सहयाेग सञ्चालन कार्यविधि, २०८० पारित गरेकाे छ ।

    बैठकले  विश्व आदिवासी दिवस, ९ अगष्ट (श्रावण २४, २०८०) मा व्यास नगरपालिका र अन्तरगतका अत्यावश्यक सेवा बाहेकका कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।

    व्यास नगरपालिका भित्रका कक्षा ११, १२ अध्यापन गराउने सामुदायिक र संस्थागत विद्यालयहरुलाई अनिवार्य रुपमा १०% छात्रवृत्ति उपलब्ध गराउन संख्या एकीन गरी ७ दिन भित्र विवरण पठाउन निर्देशन दिने निर्णय गरेकाे छ ।

    व्यास नगरपालिकाको विगत ६ वर्षमा भए गरेका विभिन्न शाखा अन्तरगतका कार्यहरुको एकीकृत विकास परियोजना(IUDP) संग तुलनात्मक अध्ययन गरी आश्वीन मसान्त भित्र पुनरावलोकन प्रतिवेदन पेश गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गरेकाे छ ।

     व्यास नगरपालिका अन्तरगतका भूमीहिन दलित, भूमीहिन सुकुम्बासीको वडा नं १४ देखी क्रमश १ सम्मका नीस्सा प्राप्त व्यक्तिहरुको घर, जग्गाहरुको प्रथम चरणमा २०८० भाद्र १ गतेदेखी नापी कार्य प्रारम्भ गर्ने निर्णय गरेकाे छ ।

    संघ, प्रदेश अन्तरगतका योजनाहरु र आन्तरीक वजेट अन्तरगतको वडा कार्यालय निर्माण गर्ने योजनाहरुको २०८० भाद्र भित्र टेण्डर गर्न सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय गरिएकाे छ ।

     काठमाण्डौ पोखरा अन्तरगत पृथ्वी राजमार्गको आंबुखैरेनी पोखरा सडक क्षेत्रको व्यास नगरपालिका भित्र सडक केन्द्र विन्दुबाट दायाँबायाँ २५ मिटर सडक क्षेत्र भई लागत कट्टा समेत भईसकेकाले सो सडक क्षेत्रभित्रका संरचनाहरु हटाई सडक निर्माण कार्यमा सहयोग पुर्याउनुहुन सम्बन्धित घरजग्गा धनीहरुलाई अनुरोध गर्ने निर्णय गरेकाे छ ।

    व्यास नगरपालिका भित्र सफासडक तर्फको पृथ्वी राजमार्गसंग जोडिएको नयाँ भवन निर्माण हुने सटर कबल बाहेकका नगरपालिकाका घर, सटर अन्तरगत बस्ने वैंक एवं व्यवसायीहरुलाई यस अघिको भाडादर कायम गरी ५ वर्ष म्याद थप गर्ने निर्णय भएकाले सम्बन्धित शाखालाई सम्झौता प्रकृया अघि बढाउन निर्देशन दिने निर्णय गरेकाे छ ।

    हाल डेङ्गु, कन्जक्टिभाइटिस (आंखा पाक्ने), लम्पीस्कीनको प्रकोप भइरहेको र बाढी पहिरोको कारण विपदका घटनाहरु घट्न सक्ने हुदाँ सम्पुर्ण नगरवासीमा सतर्क रहन र कुनै घटना भएमा तत्काल वडाध्यक्ष वा नगर पालिका सूचना केन्द्रमा जानकारी गराउनुहुन अनुरोध गर्ने निर्णय भएकाे छ ।

    No description available.