सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।

    “राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टी ट्याङ्कीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ ।” प्रमुख संरक्षण अधिकृत मेहताले भने, “अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ ।” उनले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए । “सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ”, उनले भने, “विधि प्रक्रिया पु¥याएर हात्तीको दाहसंस्कार गरिनेछ ।” –––