म्याग्देमा शनिबार रास्वपाकाे भेला हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा शनिबार रास्वपाकाे भेला हुँदै

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०८०, शुक्रबार

    दमाैली । सङ्गठन विस्तारलाई तीव्रता दिएकाे राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार तनहुँकाे म्याग्दे गाउँपालिका स्तरीय भेला गर्ने भएकाे छ । साे पार्टीकाे म्याग्दे गाउँपालिका समिति चयन गर्नका लागि भेला आयाेजना गरिएकाे हाे ।

    भेलाले पार्टीकाे पालिका स्तरीय समिति चयन गर्ने रास्वपाका नेता मनाेज अधिकारीले जानकारी दिए । उक्त भेलामा रास्वपालाई समर्थन गर्ने सबैलाई सहभागीका लागि अधिकारीले आग्रह गरेका छन् ।