विद्युत् उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक छ : प्रधानमन्त्री दाहाल (भिडिओ सहित )
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विद्युत् उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक छ : प्रधानमन्त्री दाहाल (भिडिओ सहित )

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०८०, मंगलवार

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक रहेको बताएका छन्। नयाँ भरतपुर २२०÷१३२ किलोभोल्ट (केभी) सबस्टेसन, हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन र मस्र्याङ्दी करिडोर दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन गर्दै उनले तालमेलकै कारण विद्युतीकरणमा नेपालले फड्को मार्न सकेको बताए ।

    सोही अवसरमा प्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिका–११ आँपटारीमा मस्र्याङ्दी करिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ‘ग्यास इन्सुलेटेड सबस्टेसन (जिआइएस)’ प्रविधिमा आधारित सबस्टेसनको समेत उद्घाटन गरेका थिए ।

    उनले नेपालको जलविद्युत्को क्षमता राम्रो भएको उल्लेख गर्दै यसलाई व्यवस्थित ढङ्गबाट उत्पादन गर्नेमा लाग्नुपर्ने बताए । उनले भने, “उत्पादन, प्रसारण र वितरण गरी तीनवटै कुराको बीचमा उचित तालमेल भएन भने अपेक्षा गरे अनुसारको नतिजा प्राप्त गर्न सकिँदैन ।”

    उत्पादन मात्रै गरेर नपुग्ने भन्दै प्रधानमन्त्री दाहालले उत्पादन अनुसारका प्रसारण लाइन निर्माण गर्नुपर्ने बताए। लामो समयदेखि विद्युत् उत्पादनमा मन्दी रहेको उल्लेख गर्दै उनले पछिल्लो समय त्यसमा तीव्रता आएको बताए । उनले भने, “उत्पादन क्षमता वृद्धि भएको छ, प्रसारण लाइनको काम पनि निकै अघि बढेको छ ।” देशभित्रै गुणस्तरीय ढङ्गले विद्युत् खपत बढाउनुपर्ने भन्दै प्रधानमन्त्री दाहालले प्राविधिक रुपमा देखिएका समस्याहरु समाधान गर्दै जानुपर्ने बताए ।