पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरूवात, दुवै ओपनर आउट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पाकिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरूवात, दुवै ओपनर आउट

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । पाकिस्तानविरुद्ध एसिया कपमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । पाकिस्तानी ओपनर फकार जमान र इमाम उल हक सस्तैमा आउट भए ।

    छैर्टौं ओभरको तेस्रो बलमा करण केसीले फकारलाई विकेट किपरको हातबाट क्याचआउट गराएका थिए । लगत्तैको ओभरमा इमाम पनि पेभिलियन फर्किएका छन् । सोमपाल कामीको बलमा रन लिने प्रयास गर्दा रोहित पौडेलले उत्कृष्ट थ्रो गर्दै इमामलाई रन आउट गराएका हुन् ।

    पाकिस्तान २७ रनमा दोस्रो विकेट गुमाएको छ । अहिले क्रिजमा बाबर आजम र मोहम्मद रिजावान छन् ।