दमाैली । एसिया कप अन्तर्गत नेपाल र भारतबीच हुने खेल दमौलीमा प्रत्यक्ष प्रसारण गरिने भएको छ । वल्डलिङ्कको समन्वयमा व्यास नगरपालिका–३ स्थित खुल्लामैदानमा उक्त खेलको आज दिउँसो ३ः१५ बजेदेखि प्रत्यक्ष प्रसारण गर्न लागिएको हो ।
ठूलो पर्दामा खेल हेर्नका लागि दमौली आसपासबाट खेलप्रेमीको सहभागिता बढ्ने अपेक्षा गरिएको छ । वल्डलिङ्कको समन्वयमा रुटिन अफ दमौली बन्दले यसअघि नेपाल र पाकिस्तानबीचको खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको थियो ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।