नेपाल र भारतबीचको खेल सुरु हुँदै, भारतलाई १४५ रनको नयाँ लक्ष्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाल र भारतबीचको खेल सुरु हुँदै, भारतलाई १४५ रनको नयाँ लक्ष्य

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८०, सोमबार

    काठमाडौं । एसिया कपमा नेपाल र भारतबीचको खेल साढे १० बजे सुरु हुने भएको छ । वर्षा रोकिएपछि अम्पायरहरुले मैदानको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरु ओभर घटाएर खेल सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन् ।

    खेल २३ ओभरमा झारिएको छ र भारतले १४५ रनको लक्ष्य पाएको छ ।

    पहिले ब्याटिङ गरेको नेपालले २३१ रनको लक्ष्य दिएको थियो । भारतले २.१ ओभर जवाफी ब्याटिङ गरेर १७ रन बनाउँदा पानी परेर खेल स्थगित भएको थियो ।