एमालेले टुंग्यायो कोशीका तीन मन्त्री र एक राज्यमन्त्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेले टुंग्यायो कोशीका तीन मन्त्री र एक राज्यमन्त्री

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०८०, शुक्रबार

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    उनको शपथ केहीबेरमा हुनेछ । कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने छन् ।

    एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् । सृजना राई सामाजिक विकास राज्यमन्त्री बनाउने तय भएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।