सदिक्षाले जितिन् व्यास नगर साइनिङ स्टारको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सदिक्षाले जितिन् व्यास नगर साइनिङ स्टारको उपाधि

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८०, शनिबार

    दमौली । जेसीआई व्यास नगरले आयोजना गरेको व्यास नगर साइनिङ स्टारको उपाधि सदिक्षा रानाले जितेकी छन् । शुक्रबार राति सम्पन्न फाइनलमा १९ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

    प्रतियोगितामा आभा श्रेष्ठ फस्ट रनर अप र सदिक्षा थापा मगर सेकेन्ड रनर अप घोषित भएका छन्। उपाधि जित्न सफल रानाले नगद रु २५ हजार २३, फस्ट रनर अप श्रेष्ठले रु १५ हजार २३ र सेकेन्ड रनर अप थापाले रु १० हजार २३ नगद प्राप्त गरे ।

    गत साउन १२ र १३ को अडिसनबाट २० बालबालिका प्रतियोगिताका लागि छानिएका थिए । उनीहरुलाई एक महिनाको तालिम दिइएको थियो । प्रतियोगितामा १०-१५ वर्षका बालबालिका सहभागी थिए ।

    बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फूटन गर्दै व्यक्तित्व र नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, कला संस्कृति लगायत विविध समसामयिक विषयको ज्ञान प्रदान गर्ने उद्धेश्य सहित जेसीआई व्यास नगरले सन् २०१३ देखि साइनिङ स्टार आयोजना गर्दै आएको छ ।