


दमौली । व्यास नगरपालिका-२ निवासी रेशमलाल श्रेष्ठको निधनप्रति बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले दुख व्यक्त गरेका छन् । सांसद श्रेष्ठले शनिबार बिहान शोक वक्तव्य जारी गरी रेशमलालको निधनले स्तब्ध बनाएको उल्लेख गरेका छन् ।
शोकको घडीमा शोकाकुल परिवारमा भावपूर्ण समवेदना व्यक्त गर्दै दिवंगत आत्माप्रति सांसद श्रेष्ठले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
श्रेष्ठ राप्रपाकी नेतृ एवं पूर्वमन्त्री दुर्गा श्रेष्ठका श्रीमान् हुन् । उनी राप्रपा तनहुँको अध्यक्ष भइसकेका थिए ।