रामचन्द्र पौडेलले जोगाएको बेलको रुख फालियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रामचन्द्र पौडेलले जोगाएको बेलको रुख फालियो

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०८०, बिहीबार

    दमौली । व्यास नगरपालिका-३ विपी वनवाटिकामा रहेको बेलको रुख फालिएको छ। नेपाली कांग्रेसका तत्कालिन नेता एवं हालका राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको उक्त बेलको रुख फालेर नयॉ बेल रोपिएको छ ।

    बिपी कोइरालाको शालिक राख्ने ठाउँमा पहिला भएको बेलको रुख फालेर नयॉ बेल रोपिएको हो ।

    पुरानो सभागृह भत्काएर नयॉ सभागृह बनाउने बेलामा तत्कालिन समयमा पौडेलेल जसरी पनि बेलको रुख बचाएर मात्र निर्माण कार्य गर्न अडान लिएका थिए । पौडेलको अडानपछि दुई वटा रुखमध्ये एक रुख संरक्षण गरिएको थियो । सोही रुख संरक्षण गर्दा सभागृहको पर्खाल नै बांगो बनाइएको छ ।

    त्यही ठाउँमा नेपाली कांग्रेस व्यास नगर समितिले बिपीको शालिक बनाउँदैछ । उक्त ठाउँमा बिपी कोइरालाले विसं २०३६ साल असोज ६ गते सम्बोधन गरेका थिए ।

    सभागृह र शालिकको असोज ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्ने तयारी छ ।