दमौली । तनहुँको व्यास नगरपालिका–५ पराशर स्थित मादी नदीमा पौडी खेल्ने क्रममा बिहीबार साँझ एक युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ऋषिङ गाउँपालिका–१ बस्ने १८ वर्षीय शक्ति थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
नदीमा पौडी खेल्ने क्रममा निजलाई नदीले बगाएर बेपत्ता बनाएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । नदीले बगाइ बेपत्ता भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा खोजी कार्य गरिएपनि फेला पर्न नसकेको उनको भनाइ छ ।