संविधान दिवसमा तनहुँ कारागारका ११ रिहा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संविधान दिवसमा तनहुँ कारागारका ११ रिहा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । संविधान दिवसको अवसरमा तनहुँ कारागारका ११ कैदीबन्दी रिहा भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट माफी भएपछि तनहुँ कारागारका ११ कैदीबन्दी रिहा भएका हुन् ।

    पचास प्रतिशत कैद भुक्तान गरी असल चालचलन भएका १२ जनाको कैद मिनाहाका लागि सिफारिस गरिएकामा ११ जना रिहा भएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए।

    रिहा हुनेमा कर्तव्य ज्यान मुद्धाका दुई, व्यक्ति बेपत्ता मुद्धाका तीन, सवारी ज्यानका दुई, नकबजनी चोरीका दुई, डाँका चोरीका दुई जना छन् ।

    तीमध्ये एक जना स्याङ्जा, एक जना म्याग्दी, एक जना धादिङका हुन् भने बाँकी तनहुँका रहेका छन् । सबैलाई आजै रिहा गरी आफन्तको जिम्मा लगाइएको अधिकारीले जानकारी दिए।

    त्यसमध्ये दुई जनाले चालिस प्रतिशत र बाँकी नौ जनाले ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरिसकेका छन् ।