क्यानको सचिवमा पारस खड्का विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    क्यानको सचिवमा पारस खड्का विजयी

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०८०, शनिबार

    काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदमा पारस खड्का विजयी भएका छन्। शनिबार भएको क्यानको चुनावमा पारस विजयी भएका हुन्। उनले प्रतिद्वन्द्वी उम्मेदवार प्रशान्तविक्रम मल्ललाई पछि पार्दै विजयी भएका हुन्। कुल ८५ मत खसेको थियो।

    जसमध्ये पारसले ४८ मत र प्रशान्तविक्रमले ३७ मत पाएका हुन्। अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित ६ पदमा निर्विरोध हुँदा सचिवसहित ११ पदका लागि मतदान भएको थियो।