दमौली । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको असोज १५ र १६ गते हुने प्रदेश अधिवेशनका लागि तनहुँको म्याग्दे गाउँ कमिटीबाट ६ प्रतिनिधि छनोट गरिएको छ ।
शनिबार सम्पन्न गाउँ कमिटीको बैठकले प्रदेश अधिवेशनका लागि ६ जना प्रतिनिधि छनोट गरेको हो ।
छनोट हुनेमा श्रीप्रसाद श्रेष्ठ, रत्नादेवी घिमिरे, हरिबहादुर थापा, सीता घिमिरे, सुनिता नेपाली र बसन थापा रहेका छन् ।