देवघाटमा नुहाउने क्रममा दुई बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा नुहाउने क्रममा दुई बेपत्ता

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८०, बिहीबार

    दमाैली । देवघाटमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । बिहीबार बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा नुहाउने क्रममा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै आएका पंकज दाहाल बेपत्ता भएका हुन् ।

    भारतको आसाम घर भएका अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर सँस्कृत पढ्दै आएका थिए । उनी सोही मन्दिरको टोलीसँगै देवघाटमा भ्रमणमा आएका थिए । नुहाउने क्रममा वेपत्ता भएका दुबैको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।