आदिवासी जनजाति चलचित्र महासङ्घ गण्डकी गठन, सचिवमा तनहुँका गल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    आदिवासी जनजाति चलचित्र महासङ्घ गण्डकी गठन, सचिवमा तनहुँका गल

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८०, शनिबार

    पाेखरा । आदिवासी जनजाति चलचित्र महासङ्घ गण्डकी प्रदेश गठन भएको छ । महासङ्घ प्रदेश तदर्थ परिषद्को शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनबाट उमानसिंह गुरुङको अध्यक्षतामा कार्यसमिति गठन भएको हो ।

    जसको उपाध्यक्षमा शेरबहादुर पिठा मगर (सन्तोष), सोमबहादुर गुरुङ र दीपकमान उदास चयन भएका छन् । त्यस्तै महासचिवमा गोविन्द पुन मगर, सचिवमा तनहुँका गलबहादुर गुरुङ र इन्द्रमाया गुरुङ, कोषाध्यक्षमा दुर्गा रोका मगर र सहकोषाध्यक्षमा अम्मर दोङ तामाङ चयन भएका छन् ।

    आदिवासी जनजाति चलचित्र महासङ्घ गण्डकी प्रदेश तदर्थ परिषद्का अध्यक्ष उमानसिंह गुरुङ (माओत्सेतुङ) को अध्यक्षता र आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय सचिवालय अध्यक्ष पुर्खाजित राइको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।