कांग्रेसबिनाको सरकारको कल्पना गर्न सकिँदैन : अध्यक्ष नेपाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेसबिनाको सरकारको कल्पना गर्न सकिँदैन : अध्यक्ष नेपाल

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०८०, बुधबार

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसबिनाको सरकारको कल्पना गर्न नसकिने बताएका छन् ।

    मेची—महाकाली समाजवादी जागरण अभियानको क्रममा बुधबार जनकपुरधाम पुगेका पूर्वप्रधानमन्त्री नेपालले अहिलेको संसदको संरचनामा शक्ति सन्तुलन मिलाउन कांग्रेस अपरिहार्य भएको धारणा राखेका हुन् ।

    ‘को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन, कहिले आउँछ भनेर ढुकेर बस्ने होइन । अहिले भएको सरकारलाई अघि बढाउने हो । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा यो सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ’, अध्यक्ष नेपालले भने, ‘हामी पनि यो सरकार अघि बढाउने पक्षमा छौं । कमजोर र असहयोग गर्ने पक्षमा छैनौं, कांग्रेस बिनाको सरकारको त कल्पनै गर्न सकिँदैन ।’

    १४ असोजमा काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले अहिलेको सरकारबाट कांग्रेसलाई फिर्ता बोलाउने प्रस्ताव गरेका थिए । उनले अहिले समाजवादी मोर्चालाई सरकार चलाउन दिनुपर्ने र आलोपालो प्रणालीमा कांग्रेसको प्रधानमन्त्री भएका बेला कांग्रेसले एकल सरकार चलाउन पाउनुपर्ने धारणा राखेका थिए ।