म्याग्देको मौरी ओडारमा पहिरो जॉदा पृथ्वीराजमार्ग अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देको मौरी ओडारमा पहिरो जॉदा पृथ्वीराजमार्ग अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०८०, आईतवार

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खस्दा थर्पु–खैरेनीटार सडकखण्ड अवरुद्ध भएको छ । सडकमाथिबाट बिहान ४ः५० बजे खसेको पहिराका कारण उक्त खण्ड अवरुद्ध भएको हो ।

    मुग्लिन पोखरा सडक विस्तारका क्रममा खनिएको भित्ताबाट खसेको पहिरोका कारण उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए । पहिरो हटाएर राजमार्ग सुचारु गराउन काम भइरहेको उनले बताए ।

    तनहुँ हुँदै कास्कीतर्फ जाने साना ठूला तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको रुपमा दमौली भोर्लेटार चोकबाट कलेस्ती–पोल्याङ–कास्कीतर्फ पठाइएको प्रहरीले जनाएको छ ।