पॉच घण्टामा पृथ्वीराजमार्ग एकतर्फी सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पॉच घण्टामा पृथ्वीराजमार्ग एकतर्फी सुचारु

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०८०, आईतवार

    दमौली । पहिरोले अवरुद्ध भएको तनहुँको थर्पु-खैरेनी खण्ड पॉच घण्टापछि एकतर्फी सुचारु भएको छ। म्याग्दे गाउँपालिका-६ मौरीओडारमा आइतबार बिहान ४:५० देखि अवरुद्ध भएको उक्त खण्ड सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    सुख्खा पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी अवरुद्ध भएको थियो । सडक सुचारु भएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ पठाउन थालिएको छ ।