‘पर्या पर्यटनबाट दुबुङकाे मुहान फेर्न सम्भव’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • पर्यटन

    ‘पर्या पर्यटनबाट दुबुङकाे मुहान फेर्न सम्भव’

    हरिसिंह गुरुङ

    २३ आश्विन २०८०, मंगलवार

    पश्चिम मोहोडागरी करिव १०५० मि देखि १२५० मि सम्मको उचाईमा फैलिएको दुबुङ गाउँबासीहरु क्रमगत रुपमा पर्या पर्यटनका माध्यम गाउँको मुहार फेर्न लागि परेका छन् । ९६ घरधुरी रहेको गाउँमा ६ घर दलित र बाँकी मगर जातिको बसोवास रहेको छ । यसै हप्ता सम्पन्न गाउँभेलाले पाँच वर्ष पछिको दुबुङको सपना कोरेका छन् । आफ्ना सपना साकार पार्नका लागि दुबुङबासीले नियमित सञ्चालन हुने दैनिक, मासिक र वार्षिक कार्यक्रमका अलावा ६ वटा महत्वकांक्षी योजनाहरु परित गरेका छन्, जसमध्ये गाउँको उत्तर तर्फको भालेथुम्की डाँडामा पर्यटन पूर्वाधारका साथ जंगल पार्क निर्माण (यस वर्ष मात्र करिव ७०० विभिन्न प्रजातिका वृक्षारोपण सम्पन्न भएको छ) ।

    May be an image of 8 people and temple

    त्यसैगरी दक्षिण तर्फको शशरकोट डाँडासम्म ईको पदमार्ग, सूँडेको पूलदेखि गाउँसम्म ११ किमि पूल सहितको सडक स्तरोन्नती, एक घर एक धारा सहित कम्तिमा १०० जना पाहुनाहरुका लागि सुविधादायिक कोठा तथा आवासको व्यवस्था, गाउँको कलासंस्कृति, वन तथा कृषिजन्य उत्पादनका साथै विभिन्न तालिम, गोष्ठी र अन्तरक्रिया सञ्चालनका लागि बहुउद्देसीय सामुदायिक भवन, घुचुपुक गुफासम्म जाने सिढी बाटोका साथै गुफा शौन्दर्यकरणलाई प्राथमिकताका साथ राखेका छन् । हाल ऋषिङ गापाले गाउँलाई सुन्तला र बाख्रा पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ ।

    No photo description available.
    May be an image of 11 people and mountain

    गाउँमा एक स्वास्थ्य चौकी समेत रहेकोमा उक्त स्वास्थ्य चौकीमा कम्तिमा एक जना एमविविएस डाक्टर सहित अत्यावश्यक स्वास्थ्य सुविधालाई समेत गाउँलेले गंभिरताका साथ प्रस्तुत गरेकाछन् । गाउँको शान्ती माविको शैक्षिक गुणस्तर (प्राविधिक शिक्षा, अंग्रेजी माध्यम, स्थानीय प्रकृति र संस्कृति समेटिएको पाठ्यक्रमको पठनपाठन आदि) सुधारका लागि गाउँबासी असाध्यै चिन्तित छन् । यसै वर्ष भाद्र १८ गतेका दिन आदिकवि भानुभक्त क्याम्पसले आफ्नो ३७ औं वार्षिकोत्सवको शुभअवसरमा दुबुङ गाउँसंग मित लगाएको छ । मितगाउँको स्तरोन्नतीका लागि क्याम्पसले आफ्नो पाँच वर्षे आवधिक योजना सहित शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, पर्यटनका साथै विज्ञान तथा प्रविधि आदि सम्वन्धी विविध कार्यक्रमहरु योजनावद्ध तरिकाले अघि सारिसकेको छ । दुबुङ गाउँ देशी तथा विदेशी सवैका लागि प्रस्तुत गर्न सकिने सुन्दर, शान्त एवं समृद्ध वातावरण मैत्री गाउँ कसरी निर्माण गर्न सकिन्छ भन्ने गाउँबासी लगायत सम्पूर्ण सरोकारवालाहरुको सामुहिक सपना वनेको छ, तसर्थ यस अभियानमा यहाँ समेत जुट्नका लागि हार्दिक अपिल गर्दछ ।