इलाम-२ : १२ वडाकाे मत गन्न बाँकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाम-२ : १२ वडाकाे मत गन्न बाँकी

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०८१, सोमबार

    काठमाडाै । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मतगणना अन्तरगत १२ वटा वडाको मत गन्न बाँकी हुँदा एमालेले १९,११४ मत पाएको छ ।

    कांग्रेसले भने १२,६७५ मत पाएको छ । एमाले र कांग्रेसकाबीचमा ६,४३९ मतको अन्तर रहेको छ ।

    कांग्रेसलाई पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले पछ्याउँदै छन् । थेगिमले ९,४१० मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले भने ३,२४२ मत पाएका छन् ।