इलाम उपनिर्वाचन : एमालेका उम्मेदवार सुहाङ छ हजार छ सय २८ मतले अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाम उपनिर्वाचन : एमालेका उम्मेदवार सुहाङ छ हजार छ सय २८ मतले अग्रता

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०८१, सोमबार

    इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले छ हजार छ सय २८ मतले अग्रता लिएका छन्।

    फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ र इलाम नगरपालिका –१ र २ को मत गणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले २१ हजार तीन सय ८० मत प्राप्त गरी अग्रता कायमै राखेका छन् ।

    मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १४ हजार सात सय ५२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले दश हजार एकसय ४६ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले तीन हजार छ सय तीन मतसहित चौथो स्थानमा छन् ।

    छवटा पालिका रहेको सो क्षेत्रको अहिले इलाम नगरपालिका ३, ४ र ५ को मतगणना भइरहेको छ । इलाम नगरपालिकाको २० हजार छसय ६५ मत मध्ये करिव १७ हजार मत गणना हुन बाँकी छ ।

    एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।