इलाम-२ मा सुहाङको १६२३ को मतान्तर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाम-२ मा सुहाङको १६२३ को मतान्तर

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०८१, सोमबार

    काठमाडौ । इलाम—२ को उपचुनावअन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।

    मतान्तर बढाउँदै लगेका नेम्वाङले फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको वडा नम्बर १, २ र ३ को गणना सकिँदा ६ हजार ४ सय ३ मत प्राप्त गरेका छन्। 

    उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ४ हजार ७ सय ८० मत ल्याएर पछ्याइरहेका छन्।

    एमाले र कांग्रेसका उम्मेदवारबीचको मतान्तर एक हजार ६ सय २३ छ।