त्रिकोणात्मक टी-२० शृंखलामा नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    त्रिकोणात्मक टी-२० शृंखलामा नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा घरेलु टोली नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्‍यो ।

    टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई केवल ९४ रनमा सीमित गरेको थियो । नेपालले १३.५ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए ।

    कप्तान रोहित पौडेलले २५ र गुल्सन झाले १४ रन जोडे । कुशल भुर्तेलले ८, कुशल मल्लले १ र सन्दीप जोराले ३ रन जोडेर आउट भए । पहिलो विकेटका लागि २८ रनको साझेदारी गरेको नेपालले चौथो विकेटका लागि ३० र पाँचौं विकेटका लागि २२ रनको साझेदारी गरेको थियो ।

    हङकङका एहसान खानले ३ विकेट हात पारे । त्यसअघि हङकङले १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन जोडेको थियो । नेपालका करन केसीले ४ तथा सोमपाल कामी र अविनाश बोहराले २/२ विकेट लिए । कुशल मल्ल र मौसम ढकालले एक एक विकेट हात पारे । हङकङका यासिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए । १४ रन जोड्दा सुरुवाती ४ विकेट गुमाएको हङकङ लगातार दबाबमा आएको थियो । करनले चार ओभरमा १५ रन खर्चिए हङकङले पाँचौं विकेटका लागि १९ र छैटौं विकेटका लागि ३० रनको साझेदार गरेको थियो । ३.३ ओभर बलिङ गरेका सोमपालले पनि केवल १० रन मात्र दिए ।

    नेपालले पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराएको थियो। अब नेपालले फेरि दुवै टोलीसँग एक-एक खेल खेल्नेछ । शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।