मदरसा विद्यालयको कक्षाकोठा निर्माणका लागि किसान श्रेष्ठद्वारा ५० हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मदरसा विद्यालयको कक्षाकोठा निर्माणका लागि किसान श्रेष्ठद्वारा ५० हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०८०, शुक्रबार

    काठमाडौं । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एवम् नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले मदरसा विद्यालयको कक्षाकोठा निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग घोषणा गरेका छन् ।

    जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० मा अवस्थित मदरसा अरविया नुमानिया वसडिलुवाको दुईवटा कक्षा कोठा निर्माणका लागि संसदबाट प्राप्त हुने एक महिना बराबरको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

    दसैँको शुभकामना आदानप्रदान गर्न र जनताका समस्या सुन्न जानेक्रममा मदरसा विद्यार्थीहरुको बिजोग अवस्था देखेकाले तत्कालै सहयोग घोषणा गरेको उनले बताए । ‘दसैँको शुभकामना पनि आदानप्रदान गर्ने अनि जनताका समस्या पनि पहिचान गर्ने भनेर निस्किएको थिएँ,’ उनले भने, ‘त्यहीक्रममा मदरसा विद्यार्थीहरुको कक्षाकोठाको अभाव रहेको पाएँ अनि सहयोग गरेको हुँ ।’

    त्यस्तै दुईवटा कक्षाकोठा निर्माणका लागि चाहिने जस्तापाता, पाइपलगायतका सामग्री एकीकृत समाजवादीका युवा नता सन्तोष कुशवाहले दिने प्रतिवद्धता जनाएका छन् । उक्त कक्षाकोठाको निर्माण कार्य भोलिबाटै सुरु हुने श्रेष्ठले बताए ।