दमौली । भारतको उडिसामा हुने अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागी हुने नेपाली टोलीलाई मोहन बतास फाउण्डेशनले आर्थिक सहयोग गरेको छ ।२३औं पिपुल थिएटर भिलेज, उडिसा भारतमा हुने महोत्सवमा नेपालबाट सहभागी हुने टोलीलाई फाउण्डेशनले ५० हजार सहयोग गरेको हो ।
फाउण्डेशनको तर्फबाट अध्यक्ष ओमराज श्रेष्ठले नेपालबाट प्रतिनिधित्व गर्ने टोलीका सदस्य आकाश अधिकारीलाई उक्त रकम हस्तान्तरण गरेका छन्। पिपुल थिएटर फेस्टिवल कार्तिक ९ गतेदेखि २८ गतेसम्म सन्चालन हुँदैछ।