चीनका पूर्व-प्रधानमन्त्री ली खछ्याङको निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    चीनका पूर्व-प्रधानमन्त्री ली खछ्याङको निधन

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०८०, शुक्रबार

    एजेन्सी । चीनका पूर्व-प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। 

    ६८ वर्षीय उनको शुक्रबार हृदयघातबाट निधन भएको चिनियाँ मिडिया सिसिटिभीले जनाएको छ। सांघाइमा बस्दै आएका उनलाई बिहीबार हृदयघात भएको थियो। 

    उपचारको क्रममा मध्यराति १२: १० बजे उनको निधन भएको हो।

    आर्थिक मामिलामा विशेष दख्खल भएका उनी सन् २०१३ देखि चीनका दोस्रो शक्तिशाली व्यक्ति बनेका थिए।