टी-२० विश्वकप एसिया छनोट आजदेखि, नेपाल सिंगापुरसँग खेल्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    टी-२० विश्वकप एसिया छनोट आजदेखि, नेपाल सिंगापुरसँग खेल्दै

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०८०, सोमबार

    काठमाडौ । आइसिसी टी-२० विश्वकप २०२४ का लागि एसिया छनोट खेल आजदेखि काठमाडौंमा सुरू हुँदैछ।

    एसिया क्षेत्र छनोटमा ८ देश सहभागी छन्। ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल, सिंगापुर, ओमान र मलेसिया समूह ‘ए’ मा छन् भने युएई, बहराइन, हङकङ र कुवेत समूह ‘बी’मा छन्।

    समूह ‘ए’ का सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलाइने छ भने समूह ‘बी’का सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइने छ।

    आज समूह ‘ए’ र ‘बी’ का एक/एक खेल हुँदैछ।

    समूह ‘ए’बाट नेपाल र सिंगापुरले पहिलो खेल हुँदैछ। कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि खेल सुरू हुनेछ।

    समूह ‘बी’ बाट युएई र बहराइन पनि बिहान ९ बजेदेखि मुलपानी क्रिकेट मैदानमा खेल्नेछन्।