म्याग्देको प्रमुख प्रशासकीय अधिकृतमा पुन: अधिकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देको प्रमुख प्रशासकीय अधिकृतमा पुन: अधिकारी

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०८०, मंगलवार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पुन: नारायणप्रसाद अधिकारी आउने भएका छन् । हाल कास्कीको मादी गाउँपालिकामा रहेका अधिकारी म्याग्देमा आउन लागेका हुन् ।

    २९ महिना म्याग्देको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका अधिकारी दोस्रो पटक आउन लागेका हुन् । अधिकारी गत फागुन २१ गते मादीमा सरुवा भएका थिए ।

    विवादरहित काम गरेका अधिकारीले आफ्नो कार्यकालमा नमूना काम गर्न सफल भएका थिए । सबैसँग समन्वय गरेर काम गर्न सक्ने उनको क्षमता छ ।

    म्याग्देका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाको मुख्यमन्त्री कार्यालय गण्डकीमा सरुवा भएका छन् । उनी ६ महिनामात्रै म्याग्देमा रहे।