ऑबुखैरेनी गाउँपालिकाको नाम छिम्केश्वरी बनाउने प्रस्ताव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनी गाउँपालिकाको नाम छिम्केश्वरी बनाउने प्रस्ताव

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०८०, बुधबार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-५ का अध्यक्ष सन्तोष गुरुङले पालिकाको नाम परिवर्तन गरी छिम्केश्वरी बनाउनुपर्ने प्रस्ताव कार्यपालिका बैठकमा लगेका छन् । गाउँ कार्यपालिकाकाे मङ्गलबार आयाेजित बैठकमा गुरुङले उक्त प्रस्ताव पेश गरेका हुन् । उनले छिम्केश्वरी यहॉको गौरव भएकाले पालिकाको नामाकरण यसबाटै गर्नुपर्ने उल्लेख गरेका छन् ।

    पालिकालाई विश्वभर चिनाउने उद्धेश्य सहित कार्यपालिका बैठकदेखि सम्बन्धित निकायसम्म ऑबुखैरेनी नाम परिवर्तन गरी छिम्केश्वरी गाउँपालिका नामाकरणको प्रस्ताव लैजाने उनले बताए ।

    उनले भने, ‘गाउँपालिकाको सान भनेको पर्यटन हो जसमा पालिका अन्तर्गत थुप्रै पर्यटक मोहित पार्ने स्थलहरु छन् । यो सबैलाई अवगत नै छ। यस्ले हामी सबै ऑबुखैरेनीबासीको पहिचान, चिनारी झल्किन्छ ।’

    मनकामना माताको दिदी भनेर चिनिने छिम्केश्वरी महाभारत श्रृंखलाको २१३४ मिटर उचाइमा अवस्थित छ । जुन तनहुँको सबैभन्दा उच्च स्थान हो।