कोशीमा मन्त्रिपरिषद विस्तार, माओवादी र एकीकृत समाजवादीबाट १-१ मन्त्रीको शपथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोशीमा मन्त्रिपरिषद विस्तार, माओवादी र एकीकृत समाजवादीबाट १-१ मन्त्रीको शपथ

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०८०, शुक्रबार

    विराटनगर । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् ।

    मुख्यमन्त्री कार्कीले माओवादी  केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुलाई मन्त्रालय तोकिएको छैन ।

    नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले आज शुक्रबार नै पद तथा गोपनियताको शपथ गराएका छन् ।

    नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री  बनेका कार्कीले २८ भदौमा कांग्रेस  विद्रोही  पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई  विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।