देउसीभैलाे खेलेर विद्यार्थी सहायता काेषमा दुई लाख ६१ हजार सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देउसीभैलाे खेलेर विद्यार्थी सहायता काेषमा दुई लाख ६१ हजार सङ्कलन

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०८०, शनिबार

    दमाैली । व्यास नगरपालिका-१२ छिर्कनेस्थित अमरज्याेति माध्यमिक विद्यालयका विद्यार्थीले देउसीभैलाे खेलेर दुई लाख ६१ हजार दुई सय ४४ सङ्कलन गरेका छन् ।

    विद्यालयमा स्थापित गरिब तथा विपन्न एवं जेहेन्दार विद्यार्थी सहायता काेषकाे सहयाेगार्थ विद्यार्थीले भैलाे खेलेर उक्त रकम सङ्कलन गरेका हुन् ।

    ‘मेराे अमरज्याेति म बनाउँछु’ अभियान अन्तर्गत तिहारका अवसरमा भैलाे खेलेर उक्त रकम सङ्कलन भएकाे प्रधानाध्यापक रघुनाथ पण्डितले जानकारी दिए । उक्त काेषबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए ।