भारतको दोस्रो धनी अभिनेता बने ऋतिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    भारतको दोस्रो धनी अभिनेता बने ऋतिक

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०८०, मंगलवार

    काठमाडौ । बलिउड अभिनेता ऋतिक रोशन भारतको दोस्रो धनी अभिनेता बनेका छन्। पहिलो नम्बरमा अभिनेता शाहरूख खान छन्।ऋतिकसँग धेरै सम्पत्ति रहेको खुलासा भएको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिकसँग ४१० मिलियन डलर (३४ अर्ब १७ करोड भारू) रहेको छ।उनी एउटा फिल्मको ७५ देखि १०० करोड भारू पारिश्रमिक लिन्छन्। उनी एक विज्ञापन गरेको १० देखि १२ करोड भारू लिन्छन् भने सामाजिक सञ्जालमार्फत प्रमाेशनल भिडिओ हालेको ४-५ करोड भारू पारिश्रमिक लिन्छन्। उनीसँग आफ्नै कम्पनी छ।

     स्पोर्ट वियर क्लोदिङ ब्रान्ड, एचआरएक्सका मालिक हुन् उनी। यो कम्पनीको मूल्य २०० करोड भारू रहेको छ। उनको दुई पेटहाउस पनि छ। एकको मूल्य ९८ करोड भारू छ भने अर्कोको ६७ करोड छ।