एमालेको संकल्प यात्रा आजदेखि, अध्यक्ष ओलीले उदघाटन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेको संकल्प यात्रा आजदेखि, अध्यक्ष ओलीले उदघाटन गर्ने

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०८०, बिहीबार

    काठमाडौ । नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान  ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि सुरू हुँदैछ।

    दार्चुलाको झुलाघाट अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको उद्घाटन गरेपछि एमालेको झण्डै २ हजार किलोमिटर लामो संकल्प यात्रा सुरू हुनेछ।

    एमालेले उक्त अभियानलाई नागरिक र पार्टीबीच सम्बन्ध सेतुको रूपमा अर्थ्याएको छ। उक्त अभियानमा एमालेले आम नागरिकहरूको अनुभूति र अपेक्षा सुन्ने बताएको छ।

    अभियानमा ठूला सभाहरू कम र  अन्तर्क्रिया, अन्तरसंवाद र व्यवसायी तथा स्थानीयस्तरका उद्यमीसँगको छलफललाई बढावा दिने एमालेको लक्ष्य छ। ठूला सभाहरू पनि एक डेढ  घन्टाको हुने बताइएको छ।

    सभामा अध्यक्ष ओली र स्थानीय नेताले बोल्नेछन्। कम्तिमा एउटा जिल्लामा एउटा सभा गर्ने एमालेको तयारी छ। उक्त अभियानका क्रममा पुग्ने स्थानीय तथा जिल्ला कमिटीले नै खर्चको व्यवस्थापन गर्ने एमालेले जनाएको छ। केन्द्रले नगरी नहुने शीर्षकमा मात्र केन्द्रीय कोषबाट खर्च गरिने बताइएको छ।