भिरबाट लडेर देवघाटमा वृद्धको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिरबाट लडेर देवघाटमा वृद्धको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०८०, मंगलवार

    दमाैली । तनहुँको देवघाट गाउँपालिका–५ साउने पानीको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाको माथिल्लो बगन्दी बस्ने ७७ वर्षीय आशबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    निज भिरबाट अन्दाजी दुई सय मिटर तल मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए। गुरुङ सोमबार आफन्तको छेवरमा गएकामा घर नआएपछि खोजतलास गर्ने क्रममा मङ्लबार भिरबाट खसेको अवस्थामा मृत फेला परेको प्रनाउ खाँणले बताए ।