नेपाल ५२ रनमा अलआउट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाल ५२ रनमा अलआउट

    खबरपुञ्ज संवाददाता

    २५ मंसिर २०८०, मंगलवार

    काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध खराब ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल २२.१ ओभरमा ५२ रनमै अलआउट भयो ।

    बाउन्स र स्वीङ अत्यधिक रहेको पीचमा नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । १० औं नम्बरमा आएका हेमन्त धामीले बनाएको ८ रन नै नेपाली ब्याट्सम्यानको उच्च स्कोर रह्यो । नेपाललाई १२ अतिरिक्त रन पाएको थियो ।

    भारतका राज लिम्बानीले ७ विकेट लिँदै नेपालको ब्याटिङ ध्वस्त बनाए । उनले ९.१ ओभरमा केवल १३ रन खर्चेका थिए ।

    भारतीय फास्ट बलर जोडी राज लिम्बानी र आराध्य सुक्लाले सुरुदेखि नै नेपाली ब्याट्सम्यानलाई अप्ठेरोमा पारेका थिए । नेपाली ब्याट्सम्यानहरुलाई बलसँग ब्याटको सम्पर्क गराउनै कठिन भएको थियो । भारतीय बलिङविरुद्ध कुनै पनि ब्याट्सम्यानले आत्मविश्वास देखाउन सकेनन् । इन फर्म अर्जुन कुमाल, कप्तान देव खनाल र स्टार गुल्शन झा तीनैजनाको ब्याट चलेन ।