भरतपुर भ्रमण वर्ष स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भरतपुर भ्रमण वर्ष स्थगित

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०८०, शुक्रबार

    चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष–२०२४ तत्कालका लागि स्थगन गरेको छ।

    सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउन महानगरपालिकाले विभिन्न तयारी गरेको थियो। आगामी पुस १६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रमण वर्षको सुरू भएको घोषणा गर्ने कार्यक्रम थियो। तर शुक्रबार बिहानको महानगरपालिकाको ८९ औं कार्यपालिका बैठकले यो कार्यक्रमलाई तत्कालका लागि स्थगन गरेको छ। 

    भ्रमण वर्ष मूल समारोह समितिका सदस्य–सचिव महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले पुस २२ गते हुने १४ औं नगर अधिवेशनले भ्रमण वर्षको नयाँ कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए। 

    भरतपुरको मुख्य सहरी क्षेत्र चौबिसकोठी–पुलचोक सडक खण्डको निर्माण कार्य नसकिएको, नारायणगढ–बुटवल सडक खण्ड, मुग्लिन–पोखरा सडक निर्माणाधीन रहेको, मुग्लिन–नारायणगढ सडक दैनिक केही घण्टा बन्द गरेर पुल निर्माणको काम गर्न लागिएकाले भ्रमण वर्षलाई असर परेको उनले बताए। 

    मेयर रेनु दाहालले सडक संरचनाहरू निर्माणाधीन रहेको र केही पर्यटकीय पूर्वाधारहरू समेत निर्माणको क्रममा रहेकाले भ्रमण वर्ष केही पर सार्नु उचित देखेको बताइन्। उनले जनसमुदाय, बुद्धिजीवी, निजी क्षेत्र समेतको रायको आधारमा कार्यपालिकाको बैठकले भ्रमण वर्षको कार्यक्रम सार्ने निर्णय गरेको बताइन्। 

    सन् २०२४ भित्रैमा भ्रमण वर्षको उद्घाटन हुने दाहालले बताइन्।