नेपालको रोटरी क्लबका प्रशिक्षकहरुलाई प्रशिक्षण सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपालको रोटरी क्लबका प्रशिक्षकहरुलाई प्रशिक्षण सुरु

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०८०, शुक्रबार

    सिन्धुली ।रोटरी डिस्ट्रीक ३२९२, नेपाल-भुटानमा आवद्ध नेपालभरका प्रशिक्षकहरुलाई सिन्धुलीको मुलकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । 

    नेपालका रोटरी क्लवमा आवद्ध  प्रशिक्षकहरुको क्षमता अभिवृद्धि  गर्ने उद्देश्यले कार्यक्रमको आयोजाना गरिएको रोटरी डिस्ट्रीक ३२९२ को प्रशिक्षण समितीका सह-अध्यक्ष बिष्णु हरी दाहालले बताए ।
    शुक्रबार र शनिवार चल्ने कार्यक्रमका  जयन्द्र रिमाल, लक्ष्मण ज्ञवाली, सन्जय गिरी, दिलेन्द्र राज श्रेष्ठ, जितेन्द्र  बहादुर राजभण्डारी र सन्तोस रिजालले प्रशिक्षण दिनेछन् ।

    कार्यक्रमको प्यानलिस्ट राजेन्द्र प्रसाद ध्वजू, राजेन्द्र मान शेरचन र बिनोद कोइराला रहेका छन् । प्रशिक्षण कार्यक्रममा विभिन्न क्लबका ७५ जना सहभागी छन् । कार्यक्रममा बिष्णु हरि दाहाल, असोकमान कपाली र अशोक प्याकुरेलले कार्यक्रमको सहजीकरण गरेका छन् ।

    स्वार्थ भन्दा माथी सेवा भन्ने भावकासाथ सामाजिक सेवामा कार्यरत रोटरी अभियान नेपालमा सन् १९५९ मा सुरु भएको हो । हाल रोटरी डिस्ट्रीक ३२९२मा १५४ क्लबमा ५५४२ जना सदस्य आवद्ध छन् ।