उद्योग वाणिज्य संघ थर्पु इकाईको अधिवेशन सम्पन्न, सभापतिमा अधिकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उद्योग वाणिज्य संघ थर्पु इकाईको अधिवेशन सम्पन्न, सभापतिमा अधिकारी

    खबरपुञ्ज संवाददाता

    २४ पुष २०८०, मंगलवार

    दमौली । तनहुँ उद्योग बाणिज्य संघ थर्पु बजार इकाईकाे २८ औ वार्षित साधारणसभा तथा १२ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुन्दरमणि अधिकारीकाे सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपसभापतिमा सुरेन्द्र अधिकारी , काेशाध्यक्षमा लक्ष्मण श्रेष्ठ चयन भएका छन् ।

    यस्तै समितिको सदस्यहरूमा भुपेन्द्र रानाभाट , सीता मल्ल , खिमबहादुर नेपाली , सुशील न्याैपाने , राजीव श्रेष्ठ , धर्मराज घिमिरे , खमबहादुर नेपाली चयन भएका छन् ।

    यस अगाडि भएको उद्घाटन कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ , पुर्व अध्यक्ष तेजकुमार मल्ल , इमकुमार मल्ल , बैकुण्ठ मिश्र , शेरकुमार मल्ल , घनश्याम उपाध्याय , सुन्दरमणि अधिकारी , शेषकान्त घिमिरे लगायतले बाेलेका थिए ।