त्रिशुलीमा खसेको भारतीय गाडी भेटियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    त्रिशुलीमा खसेको भारतीय गाडी भेटियो

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    चितवन । त्रिशूलीमा गाडी खसेको आशंकामा खोजी गरेको चितवन प्रहरीले नदीभित्र भारतीय नम्बर प्लेटको बोलेरो जिप फेला पारेको छ।

    बिहान ४ः५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित मिलेर खोजी गर्दा भारतीय नम्बर प्लेट BR 09GC1430 को बोलेरो जिप फेला परेको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए।

    भण्डारीका अनुसार जिपभित्र मानिस फेला नपरेकाले दुर्घटनाका बखत गाडीमा मानिस थिए या थिएनन् यकिन भएको छैन। अझै खोजी कार्य जारी छ।

    ‘रोकेको अवस्थामा खसेको हो या मानिससहित दुर्घटना भएको हो भन्ने खोजी हुँदैछ,’ प्रवक्ता भण्डारीले भने।

    मंगलबार बिहान ४ बजेर ५० मिनेट गएको समयमा इच्छाकामना–५ तीन नम्बर पुलबाट करिब ८५ मिटर तल नदीमा बत्ती बलेको जस्तो देखिएको जानकारी पछि खोजी कार्य थालिएको भण्डारीले बताए। 

    भण्डारीका अनुसार चितवन प्रहरीको विपद् व्यवस्थापन टोली १० जना र सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित २५ जना प्रहरी खोजीमा खटिएको छ।