तनहुँ उद्योग वाणिज्य सङ्घको कोषाध्यक्षमा भिमलाल सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ उद्योग वाणिज्य सङ्घको कोषाध्यक्षमा भिमलाल सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०८०, सोमबार

    दमाैली । तनहुँ उद्योग वाणिज्य सङ्घको कोषाध्यक्षमा भिमलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । सङ्घको महाधिवेशन अन्तर्गत कोषाध्यक्षमा तीन जनाको उम्मेदवारी परेकामा अन्य दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन प्रबन्ध समितिका संयोजक डम्बरदेव हड्खलेले जानकारी दिए ।

    कोषाध्यक्षका उम्मेदवार प्रकाशचन्द्र हड्खले र राजेश श्रेष्ठको उम्मेदवारी परेको थियो । श्रेष्ठ सङ्घको थर्पु बजार इकाईका निवर्तमान सभापति हुन् ।

    यसअघि सङ्घको अध्यक्षमा वैकुण्ठनाथ मिश्र र वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल सर्वसम्मत निर्वाचित भएका थिए ।

    प्रथम उपाध्यक्षमा कुमार मल्ल, सुरेश पुरी र राजकुमार श्रेष्ठ ९राकु०को उम्मेदवारी परेको छ । त्यस्तै द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, शिवओम मल्ल र शकुन्तला आलेको उम्मेदवारी परेको छ ।

    दुवै पदमा समेत सर्वसम्मतको प्रयास भइरहेको बताइएको छ ।