गैँडा मारेको आरोपमा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गैँडा मारेको आरोपमा पक्राउ

    खबरपुञ्ज संवाददाता

    १० माघ २०८०, बिहीबार

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई गोली हानी मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ६ का टीकाराम बोहोरा भन्ने खेसरबहादुर बोहोरा रहेका छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बोहोरालाई माघ ९ गते हेटौँडा उपमहानगरपालिका वडा नं २ चौकीटोलबाट पक्राउ गरिएको थियो । विसं २०७६ भदौ ३१ गते नवलपरासीको अमलटारी क्षेत्रमा गैँडा मारी खाग काटेर लगेको र विसं २०७७ कात्तिक २० गते निकुञ्जको भोसाराघाटको आइल्याण्ड क्षेत्रमा गैँडालाई गोली हानी मारेर खाग काटी लगेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

    ती घटनामा बोहोरासहित अन्य २४ जना प्रतिवादी रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए । उक्त घटनामा संलग्न बोहोरासहित २१ जना पक्राउ परिसकेका छन् भने अन्य तीनजना फरार रहेका छन् । पक्राउ परेका बोहोरालाई बुधबार चितवन जिल्ला अदालतमा पेस गरिएको उनले बताए ।