तनहुँका पदम राष्ट्रियसभा सदस्यमा निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    तनहुँका पदम राष्ट्रियसभा सदस्यमा निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १० माघ २०८०, बिहीबार

    पोखरा । राष्ट्रियसभा सदस्यमा तनहुँका पदम परियार विजयी भएका छन् । गण्डकी प्रदेशको अपांग कोटाबाट परियार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    तनहुँको व्यास नगरपालिका-१ निवासी उनी सत्तारुढ गठबन्धनबाट विजयी भएका हुन् ।

    परियारले ३७७४ मत प्राप्त गरेका छन् । उनलाई स्थानीय तहका १ सय १ प्रमुख तथा उपप्रमुख र ३५ जना प्रदेश सांसदले मत दिएर विजयी बनाएका थिए।

    परियारका प्रतिश्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाएका थिए। उनलाई स्थानीय तहका ६८ जना प्रमुख तथा उपप्रमुख र प्रदेशका २२ जना सांसदले मत दिएका थिए। निर्वाचन कार्यालयका अनुसार अपाङ्गतातर्फ ३ मत बदर भएको छ।