दमौली । तनहुँको भानु नगरपालिका-७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा माघको तेस्रो मंगलबार ३० फूलको डोली भित्रिएको छ ।
तनहुँ लगायत आसपासका जिल्लाबाट गएका भक्तजनले मन्दिरमा फूलको डोली भित्र्याएका हुन् ।
त्यसक्रममा करिब दुई हजारले मन्दिरमा पूजा गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए ।
माघको पहिलो मङ्गलबार मन्दिरमा ४३ र दोस्रो मंगलबार ५२ फूलको डोली भित्रिएको थियो ।