रासस कर्मचारी सङ्घको अध्यक्षमा गुरागाईं, महासचिवमा कुमाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रासस कर्मचारी सङ्घको अध्यक्षमा गुरागाईं, महासचिवमा कुमाल

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०८०, बिहीबार

    काठमाडौ । राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सङ्घको अध्यक्षमा पवित्रा गुरागाईं निर्वाचित भएकी छन् । सङ्घको चौथो केन्द्रीय अधिवेशन तथा साधारणसभाबाट गुरागाईं निर्वाचित भएकी हुन् । उनीसँग अध्यक्ष पदमा पूर्णप्रसाद मिश्रले प्रतिष्पर्धा गरेका थिए ।   
      
    अध्यक्षबाहेक अरु सबै पदाधिकारी र सदस्यमा सर्वसम्मत नेतृत्व चयन भएको छ । सङ्घको वरिष्ठ उपाध्यक्षमा चेतबहादुर अधिकारी (सिबी), समावेशी उपाध्यक्षमा मैना थापा, महासचिवमा छविलाल कुमाल, खुला सचिवमा प्रमोद कार्की, समावेशी सचिवमा लक्ष्मी सापकोटा र कोषाध्यक्षमा उमा शर्मा चयन भएका छन् ।
      
    त्यसैगरी सङ्घको कार्यसमिति सदस्यमा सिद्धराज भट्ट, मुना कार्की, रामचन्द्र बस्नेत, यादवप्रसाद गोतामे, फिरुराम चौधरी, ज्ञानु तिमिल्सिना, सागुरसिंह राना, शम्भु यादव र उदीपकुमार यादव चयन भएका छन् । नवनिर्वाचित र्यसमितिलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको छ ।

    सो अवसरमा निर्वाचन समितिका संयोजक राजाराम कार्कीले सङ्घ आवाजविहीनहरुको आवाजलाई बुलन्द गर्ने सशक्त संस्था भएको उल्लेख गर्दै कर्मचारीको वृत्तिविकास तथा हकअधिकारका पक्षमा सधँै उभिने विश्वास व्यक्त गरे ।   
      
    सङ्घका नवनिर्वाचित अध्यक्ष पवित्रा गुरागाईंले सङ्घलाई सक्रिय बनाउदैँ सबै कर्मचारीलाई एकीकृत गरेर अगाडि बढ्ने बताइन् । सङ्घका निवर्तमान अध्यक्ष मनोजकुमार लामिछानेले कर्मचारीको समस्या र गुनासालाई सधैँ प्राथमिकतामा राखेर सङ्घलाई सक्रिय बनाउन आग्रह गरे । कार्कीको संयोजकत्वमा नारायणप्रसाद घिमिरे, भीष्मराज ओझा र सिर्जना राई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।