रासस पत्रकारिता पुरस्कार घिमिरे, सदरुल र दरैलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रासस पत्रकारिता पुरस्कार घिमिरे, सदरुल र दरैलाई

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०८०, बुधबार

    काठमाडौ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यसवर्षको ‘रासस पत्रकारिता पुरस्कार’ रासस केन्द्रीय कार्यालयका अङ्ग्रेजी समाचार शाखाका वरिष्ठ सम्पादक नारायणप्रसाद घिमिरे र रासस कोशी प्रदेश कार्यालयका प्रमुख मोहम्मद सदरुललाई प्रदान गर्ने निर्णय गरेको छ ।

    महासङ्घको गत माघ २९ गतेको कार्यसमिति बैठकले उहाँहरुलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठान शाखाका सचिव छविलाल कुमालले जानकारी दिए । सो पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।

    यसैगरी, ‘उमाकान्त–गीतादेवी–स्मृति पुरस्कार’ डुम्रे (तनहुँ) समाचारदाता मिला दरैलाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशि रु पाँच हजार रहेको छ । लुम्बिनी प्रदेश कार्यालय दाङका उपसमाचारदाता नारायणी रजौरेले आफ्ना, माता, पिता र भाइको सम्झनामा २०६६ फागुन ७ गते पुरस्कार स्थापना गरेकी हुन् ।

    त्यसैगरी प्रतिष्ठान शाखाले राससका पूर्वमहाप्रबन्धक बासुदेव श्रेष्ठलाई कदरपत्र र दोसल्लासहित सम्मान गर्ने निर्णय गरेको छ । राससको ६३औँ वार्षिकोत्सवका अवसरमा यही फागुन ७ गते ती पुरस्कार प्रदान गरिने छ